नेपाली ब्रान्ड सोनाम सिजन सेल अफर गर्दै

१ महिना अगाडि

काठमाडौँ - नेपाली ब्रान्ड सोनामले जाडो महिना सकिएसँगै  सिजन सेल   अफर ल्याएको छ। सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्यागलगायत उत्पादन छन्। 

यो अफर चैत १ गतेदेखि १८ गतेसम्म रहने कम्पनीले बताएको छ। सो अफरमा ७० प्रतिसतसम्म छुट व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग सामग्रीहरूमा दिइएको छ। राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र छायाँ सेन्टर, कमलपोखरीको सिटी सेन्टर, बौद्धको टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिबुटीको जडिबुटी चोक, कलंकीको हिमालय कम्ल्पेक्स (फ्याक्ट्रि आउटलेट) ललितपुरको जावलाखेल र कुमारीपाटी, चितवनको सिजी ल्यान्डमार्क, सुनसरीको धरान, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको विरेन्द्रनगरमा पनि सोनमका शोरूम रहेको छ। 
 

१ महिना अगाडि

प्रतिक्रिया