महालक्ष्मी विकास बैंकको सेमिनार सम्पन्न

१ महिना अगाडि

काठमाडौँ  - महालक्ष्मी विकास बैंक लिमिटेडको “नेतृत्व÷सामुहिक एकताको विकास तथा शारीरिक स्वस्थता” नामक दुई दिने कार्यगोष्ठी\सेमिनार सम्पन्न भएको छ । 

बैंकलेले फाल्गुण २६ देखि २७ गतेसम्म चितवनको सौराहामा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु, केन्दि«य कार्यालयका कर्मचारीहरु र शाखा प्रबन्धकहरुको उपस्थितिमा “नेतृत्वरसामुहिक एकताको विकास तथा शारीरिक स्वस्थता” नामक दुई दिने कार्यगोष्ठीरसेमिनार सम्पन्न गरेको हो । उक्त कार्यगोष्ठीरसेमिनारमा हाल अर्थतन्त्रमा देखिएको मन्दि र नकरात्मकता बीच आगामी दिनहरुमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल भएको र यस अवस्थामा बैंकको व्यवसाय विस्तार, गा्रहकहरुको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीहरुको सामुहिक प्रयत्न आवश्यक रहने निचोडका साथ सम्पन्न भएको थियो । 


“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । साथै फागुन २८ गते सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ । 
साथै यस आर्थिक वर्ष २०८०र८१ को बाँकी रहेको समयलाई अधिकतम उपयोग गरी बैंकको समग्र व्यवसाय विस्तारलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा व्यापक छलफल भएको थियो । उक्त कार्यगोष्ठी\सेमिनारमा कर्मचारीहरुको सामुहिक एकता, शारीरिक स्वस्थता, सक्षम नेतृत्व र उच्च मनोबल नै सफलताका महत्वपुर्ण आधारशिला हुन भन्ने सम्बन्धमा व्यवहारिक अभ्यासहरु समेत गरिएको थियो । 

१ महिना अगाडि

प्रतिक्रिया