सपोर्ट लघुवित्तले फेरि बोलायो वार्षिक साधारण सभा, के के छन् एजेन्डा ?

१ महिना अगाडि

काठमाडौं- सपोर्ट लघुवित्तले चैत १७ गते पुनः नवौं वार्षिक साधारण सभा डाकेको छ । यसअघि पुस २७ गते बोलाइएको साधारण सभा गणपुरक संख्या नपुगेको कारण स्थगित भएको थियो।

सभा दुर्गा पार्टी प्यालेस इटहरी ४ सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभामा संस्थाले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद गरी कुल १६.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ। 

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ। त्यस्तै, अन्य उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ।

 सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ ।  पुस १२ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

१ महिना अगाडि

प्रतिक्रिया