चैत्र ३० गतेका लागि जनउत्थान सामुदायिक लघुवित्तले डाक्यो एजीएम

१ महिना अगाडि

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा चैत्र ३० गते शुक्रबार होटल न्यू ईरा, कालिकापथ, रुपन्देहीमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीको जानकारी छ । 

कम्पनीको चैत्र ४ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो। कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन्। सभाले गत आर्थिक वर्षको प्रतिवेदन,वासलात, नाफा–नोक्सान, नगद प्रवाह तथा इक्विटीमा भएको परिवर्तन लगायतका वित्तीय विवरणमा छलफल गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने भएको छ।

सभाबाट संस्थापकबाट प्रतिनिधित्व गर्ने तीन तथा सर्वसाधारणबाट प्रतिनिधित्व गर्र्ने दुई जना संचालकको निर्वाचन हुनेछ । भविष्यमा उपयुक्त अन्य लघुवित्त संस्थासँग मर्जरका लागि सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने तथा संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने लगायतका एजेण्डा रहेका छन् ।

सभा प्रयोजनार्थ कम्पनीले चैत्र २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

१ महिना अगाडि

प्रतिक्रिया