प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न

१ महिना अगाडि

काठमाडौँ- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२४ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । चितवनको नारायणगढमा चैत २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भब्य रुपमा सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूले उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने हो, तपाईहरुको मेहनतले पाएको सफलतामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सधै साथ–सहयोग रहन्छ र उच्च सम्मान प्रकट गर्दछ । एमडिआरटी जस्तो अन्तराष्ट्रिय फोरममा छनोट हुनु आफैमा गौरवको कुरा भएकाले अभिकर्ताहरुलाई हार्दिक बधाई व्यक्त गर्नुभयो । आगामी वर्षहरुमा पनि निरन्तर सफलताको शुभकामना व्यक्त गर्नु भयो । प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूले सफलताको यो माहोललाई कम्पनीले उत्सवको रुपमा लिएको बताउनु भयो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत श्री किशोर प्रसाद लामिछाने ज्यूले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । अन्तराष्ट्रिय फोरम एमडिआरटिमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान सम्मानको एक उत्कृष्ट उदाहरण हो । त्यसैले अभिकर्ता पेसा छनोट गर्नुभएको यहाँहरुको निरन्तर लगनको परिणामले प्राप्त सफलतालाई कम्पनीले उच्च सम्मान प्रकट गर्दछ, नायब प्रमुख कार्यकारी अधिकृत श्री किशोर प्रसाद लामिछाने ज्यूले बताउनु भयो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड श्री सोन बहादुर मगरज्यूले योग्यहरुको योग्यताको पहिचान आफूले गर्ने कामले प्रस्तुत हुने बताउनु भयो । यो समय भनेको निरन्तर कार्य गरेर प्राप्त सफलतालाई सेलिब्रेसन गर्ने समय हो । सफलताको अनुभव र प्राप्त मान सम्मानले थप सफलताको लागि उर्जा प्राप्त हुनेछ, यो उर्जाको आगामी वर्षमा परिणाम आउने विश्वास नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड श्री सोन बहादुर मगरज्यूले व्यक्त गर्नुभयो । मोटिभेसनल स्पिकर श्री रमण भट्टराईज्यूको ट्रेड्रिङ सेसनले कार्यक्रमको रौनक थपिएको थियो ।
उक्त कार्यक्रममा आउँदै गरेको फागु पूर्णिमा (होली) को शुभकामना आदान प्रदान गरि रंगहरुका साथ नारायणी नदीको क्रुज जहाजमा होली मनाइएको थियो ।

औपचारीक कार्यक्रमका साथ विभिन्न अतिरिक्त क्रियाकलाहरुले ३ दिने कार्यक्रमको माहोललाई उल्लासमय बनाएको थियो । सहायक महाप्रबन्धक श्री टिकादत्त प्याकुरेल ज्यूले सहभागीहरुलाई कार्यक्रम सफल बनाउन साथ, सहयोग दिनु भएकोमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको थियो । एजेन्सी विभाग प्रमुख श्री प्रभात शिवाकोटीज्यूको संयोजनमा संचालित कार्यक्रम श्री योगेन्द्र प्रसाद खतिवडाज्यूले संचालन गर्नु भएको थियो ।
 

१ महिना अगाडि

प्रतिक्रिया