एभरेष्ट बैंककोे नक्कली फेसबुक पेज सचेत रहन आग्रह

सोमबार, ०५ चैत्र २०८०, ११ : ५९


काठमाण्डौ - एभरेष्ट बैंक लिमिटेडले बैंकको नक्कली फेसबुक पेजहरुबाट सचेत रहन सबैमा आग्रह गरेको छ । बैंकको मोबाइल बैंकिङ एप ‘ईबीएल टच’को नामबाट नक्कली फेसबुक पेजको प्रयोग गईरहेकाले सचेत रहन बैंकले आग्रह गरेको हो ।

बैँकले नक्कली पेजबाट आउने कुनै पनि अनुरोध तथा सन्देशहरुप्रति ध्यान नदिन र सचेत रहन आग्रह गरेको छ । बैंकको आधिकारीक पेजको पहिचान गर्नका लागि ब्लू टिक चेक गर्न बैंकले आग्रह गरेको छ । उल्लेखित फेसबुक पेज बैंकको आधिकारीक पेज नभएको बैंकले स्पष्ट पारेको छ । 

सोमबार, ०५ चैत्र २०८०, ११ : ५९

प्रतिक्रिया