नेरुडे मिर्मिरे लघुवित्तको सेयर रजिस्ट्रारमा एसबिआई मर्चेन्ट नियुक्त

१ महिना अगाडि

काठमाडौँ - नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिस्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

सेयर रजिस्ट्रार नियुक्ति सम्बन्धी सम्झौतामा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिई फागुन ३० गतेदेखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट राष्ट्रियस्तरको लघुवित्तका रूपमा एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।सम्झौताअनुसार सेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, अभौतिकीकरण लगायत सेयर रजिस्ट्रेसन सम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आइतबारदेखि नै सुरु गरिसकेको कम्पनी जनाएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया