कृषि विकास बैंक लि.ले Global Money week कार्यक्रम संचालन

१ महिना अगाडि

 काठमाडौँ - सन् २०१२ देखी मार्च महिनामा संसार भरी मनाउदै आएको साक्षरता कार्यक्रमको एउटा हिस्साको रुपमा वित्तिय साक्षरता कार्यक्रम संचालन गरीGlobal Money week  सन्दर्भमा कृषि विकास बैंक लि. वागमती प्रदेश कार्यालय, गोशाला काठमाण्डौको संयोजनमा शाखा कार्यालय पाँचखालले पाँचखाल नगरपालीकामा रहेको सर्वमंगला माध्यमिक विद्यालयमाGlobal Money week  को पहिलो दिनेको वित्तीय साक्षरता कार्यक्र संचालन गरेको छ ।

कार्यक्रममा वित्तीय साक्षताका सम्वन्धमा बैंक, बैंकका सेवाहरु, विद्युतिय बैंकिंग सेवा, कर्जा, निक्षेप, एजेन्सि सेवा लगायत अन्य विषयका सम्वन्धमा बैंकका उप महाप्रवन्धक श्री यज्ञ प्रकाश न्यौपानेले प्रकाश पार्नु भयो । विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थिहरुलाई बैंक खाताको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन जस्ता विषयका सम्वन्धमा जानकारी प्रदान गर्नु भयो । सन् २०१२ देखी संचालन हुदै आएको यस कार्याक्रमबाट सन् २०२३ मा मात्र विश्वभरीका १७६ मुलुकका ४० हजार संस्थाहरुको सम्लग्नता मार्फत १२ करोड जनसंख्या यस कार्यक्रमबाट लाभान्वित भएका छन् । बैंक तथा वित्तीय संस्था मार्फत कारोवार गरी नगद रहित समाजको सृजना गर्दै हरित मुद्रा(-Greet Money)का माध्यमबाट वातावारण संरक्षणमा योगदान दिने यस कार्यक्रमको उद्धेश्य रहेको छ । कार्यक्रम सर्वमंगला माध्यमीक विद्यालयका प्रधानाध्यापक श्री जयराम अधिकारीको अध्यक्षतामा संचालन भएकोकार्यक्रममा बैंकका प्रदेश निर्देशक गिरिधारी पौडले , पाँचखाल नगरपालीका शिक्षा शाखा प्रमुख उदय प्रसाद कोइराला लगायतले बैंक मार्फत कारोवार गर्नुको फाइदाका सम्वन्धमा प्रकाश पार्नु भएको थियो । वागमती प्रदेश कार्यालयका वरिष्ठ शाखा अधिकृत मदुसुदन खकुरेलले संचालन गरको कार्यक्रममा शाखा कार्यालय पाँचखालका प्रवन्धक श्री विनोद कोइरालाले स्वागत मन्तव्य राख्नु भएको थियो

१ महिना अगाडि

प्रतिक्रिया