सरकार र आन्दोलनरत सहकारी पीडितबिच आज वार्ता हुँदै

मंगलबार, ०६ चैत्र २०८०, १० : ०८

काठमाडौँ : सरकार र आन्दोलनरत सहकारी पीडितबिच आज चैत ६ गते वार्ता हुँदैछ। 

वार्ताको लागि सोमबार सरकारको तर्फबाट भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका महाशाखा प्रमुख कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन भएको छ।
 
सहकारी पीडितहरू सँगको वार्ता टोलीमा सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरे सह–संयोजक रहेका छन् भने गृह मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहनेछ।  वार्तामार्फत सहकारी क्षेत्रमा देखिएका समस्या,निक्षेपकर्ताको रकम फिर्ता लगायत यावत् समस्या समाधानका लागि पहल हुने जानकारी दिइएको छ ।

मंगलबार, ०६ चैत्र २०८०, १० : ०८

प्रतिक्रिया