एक गेडा कागती ५६ लाख रुपैयाँमा बिक्यो

१ महिना अगाडि

काठमाडौं - एउटा कागतीको दानाको मूल्य कति पर्ला ? धेरैमा १०-२० रुपैयाँसम्म पर्नसक्छ ।

तर सबै कागती त्यस्ता मामूली कहाँ हुन्छन् ? भारतको तमिलनाडुमा एउटा कागतीको दाना ५६ लाख रुपैयाँ बराबरको मूल्यमा बिक्री भएको छ । परम्परागत रुपमा कागतीको बोलकबोल हुने क्रममा यसपटक १५ जना भक्तालुहरुले लिलाम बढाबढमा भाग लिए । त्यसक्रममा एरोडमा बस्ने एकजना व्यक्तिले सर्वाधिक ३५ हजार भारुको बोली लगाए। लिलाम बिक्रीपछि मन्दिरका पुजारीले उक्त कागतीलाई भगवान शिवको अगाडि राखे र केहीबेर पुजा गरेर विशेष बनाएका थिए । तत् पश्चात् सो कागती सम्बन्धित खरीदकर्तालाई दिइएको थियो । त्मिलनाडुको शिवगिरी गाउँस्थित पाझापूसाइयन मन्दिरमा महाशिवरात्रीका अवसरमा भएको लिलामीका क्रममा कागतीको गेडा अविश्वसनीय रुपमा लाखौँ मूल्यमा बिकेको हो ।

१ महिना अगाडि

प्रतिक्रिया