८ महिनामा १ खर्ब निर्यात, १० खर्ब बढीको आयात

१ महिना अगाडि

काठमाडौं -चालु आर्थिक वर्ष २०८०\८१को आठ महिनामा नेपालले १ खर्बको निर्यात गरेको छ ।  यो अवधिमा भने १० खर्ब ३० अर्ब रुपैयाँ बढीको आयात भएको हो ।

आयातबाट २ खर्ब ७० अर्ब ७८ करोड ५५ लाख ९१ हजार रुपैयाँ राजश्व संकलन भएको छ । २ खर्ब १४ अर्ब २७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।यस्तै ८६ अर्ब ८१ करोड रुपैयाँ बराबरको स्टिल र फलाम आयात भएको छ भने तेस्रो बढी आयात हुनेमा विदुतीय मेसिनरी तथा उपकरणहरु रहेको छ ।गत वर्षको तुलनामा आयात २‍।६६ प्रतिशतले घटेको छ भने निर्यात ३.९९ प्रतिशतले घटेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । योसँगै देशको वैदेशिक व्यापारघाटा ९ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।

१ महिना अगाडि

प्रतिक्रिया