सात अर्बको कपडा र पाँच अर्बको अलैँची निर्यात

१ महिना अगाडि

काठमाडौं - चालु आर्थिक वर्ष २०८०\०८१ को आठ महिनामा नेपालबाट एक खर्ब ६१ करोड ७४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको छ । यो अवधिमा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरिएको हो ।

नेपालबाट सबैभन्दा धेरै निर्यात गरिएको वस्तुको पहिलो नम्बरमा कार्पेट, उनलगायत अरू कपडा छन् ।भन्सार विभागको तथ्यांकानुसार, फागुन मसान्तसम्म नेपालबाट ६ अर्ब ९२ करोड ८५ लाख २७ हजार रुपैयाँ बराबरको कपडाजन्य वस्तु निर्यात गरिएको छ । यसको परिमाण दुई लाख ७६ हनार ९३७ वर्गमिटर छ । दोस्रो नम्बरमा पाँच अर्ब १७ करोड ४५ लाख ७० हजार रुपैयाँबराबरको ३५ लाख ४५ हजार ४८० किलोग्राम अलैँची निर्यात गरिएको छ । यस्तै, तेस्रो नम्बरमा रोल्ड आइरन र स्टिललगायत वस्तु नेपालबाट आठ महिनामा तीन करोड ७७ लाख ८५ हजार ४१५ किलोग्राम निर्यात गरिएको छ । यसको मूल्य चार अर्ब ८३ करोड पाँच लाख ६२ हजार रुपैयाँ छ ।नेपालबाट चार अर्ब सात करोड रुपैयाँ बराबरको नौ करोड २४ लाख २३ हजार ९९९ लिटर पाम तेल निर्यात गरिएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया