८ महिनामा खर्बौको खनिज इन्धन आयात

१ महिना अगाडि

काठमाडौँ - चालू आर्थिक वर्ष २०८०\८१ को ८ महिनाको अवधिमा नेपालमा २ खर्ब १४ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको खनिज इन्धन आयात भएको छ । साउनदेखि फागुन महिनासम्मको अवधिमा खर्बौ रुपैयाँको खनिज इन्धन (डिजेल, पेट्रोल, कोइला लगायत)को आयात भएको हो ।


 यस अवधिमा आयात भएको २ खर्ब भन्दा बढी रुपैयाँको खनिज इन्धनबाट राज्यले ७६ अर्ब ४ करोड ९३ लाख रुपैयाँ राजश्व संकलन भएको छ । विभागका अनुसार ८ महिनाको अवधिमा ४४ अर्ब ६३ करोड ६७ लाख रुपैयाँको पेट्रोल आयात भएको छ । यस्तै, ८८ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको डिजेल आयात हुँदा १३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको हवाई इन्धन आयात भएको छ । यता ७६ करोड १९ लाख रुपैयाँ बराबरको मट्टितेल आयात हुँदा ३५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको खाना पकाउने एलपी ग्याँस आयात भएको छ । यस बाहेक, ५ अर्ब ९२ करोड रुपैयाँको पेट्रोलियम बिटुमिन आयात हुँदा १५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको कोइला आयात भएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया