काठमाडौँ - झापामा सहकारी संस्थाहरूमा भल्ट अर्थात् सेफ नै फुटाएर चोरीका घटनाहरू बढ्न थालेका छन् ।एकपछि अर्को गर्दै जिल्लाका विभिन्न ठाउँमा सेफमा राखिएका रकम चोरी हुन थालेको हो ।
झापाको गौरादह बजारमा मुख्य कार्यालय रहेको शुभलक्ष्मी सहकारी संस्थाको गौरादह ९ मा रहेको बैगुन्धुरा सेवा केन्द्रको सेफ फोरेर १२ लाख ८७ हजार ६२३ रुपियाँ चोरी भएको सहकारीका व्यवस्थापक तिलककुमार कार्कीले बताए । उनका अनुसार सोमबार राति सेवा केन्द्रको भल्ट तोडफोड गरेर सो रकम चोरी भएको हो । साथै चोरले आवश्यक प्रमाण नष्ट गर्नका लागि सिसी क्यामेरा निकालेर समेत लगेका छन् । तीन वटा सिसी क्यामेरा र डी।भि।आर। पनि चोरी भएको व्यवस्थापक गिरीले जानकारी दिए ।यसअघि कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ४, साना किसान कृषि सहकारी संस्था हल्दिवारी चार, एकता बहुउद्देश्यीय सहकारी संस्था हल्दिबारीमा यस्तै घटना भएको जिल्ला सहकारी सङ्घ झापाले जनाएको छ ।सङ्घका अध्यक्ष गणेश ढकालका अनुसार जिल्ला प्रशासन कार्यालय झापामा आफूहरूले फागुन १० गते ज्ञापनपत्र बुझाउँदै सहकारी संस्थाहरूमा चोरी र तोडफोडका घटना बढेको जनाउनुहुँदै आवश्यक सुरक्षा प्रबन्ध मिलाइदिन आग्रह गरिएको थियो ।
प्रतिक्रिया