५ करोड २६ लाख चिया निर्यात अनुदानका लागि फुकुवा

बुधबार, ०७ चैत्र २०८०, १३ : ४८

काठमाडौँ । चिया निर्यात अभिवृद्धिमा दिगोपना कार्यक्रमअन्तर्गत नगद अनुदानका लागि ५ करोड २६ लाख रुपैयाँ नगद अनुदान फुकुवा भएको छ ।

कोष व्यवस्थापन तथा प्रणाली विकास शाखाको अनुरोधमा महालेखा नियन्त्रक कार्यालयले ई।आइ।एफ।नगद अनुदानतर्फ विनियोजित बजेट मध्ये पछिल्लो पटक १७ लाख ९५ हजार ६६७ रुपैयाँ निकासा फुकुवा गरेको हो ।यस अघि महालेखा नियन्त्रक कार्यालयले सोही शीर्षकमा ५ करोड ८ लाख ४२ हजार ८३२ रुपैयाँ निकासा फुकुवा गरेको थियो । योसँगै चिया निर्यात अनुदानमा हालसम्म निकासा फुकुवा भएको नगद अनुदान ५ करोड २६ लाख ३८ हजार ४९९ रुपैयाँ पुगेको छ ।  सरकारले यो वर्षका लागि चिया निर्यात अनुदानका लागि कूल ७ करोड ३९ लाख रुपैयाँ छुट्टयाएको छ ।   
 

बुधबार, ०७ चैत्र २०८०, १३ : ४८

प्रतिक्रिया