काठमाडौँ - सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको संस्था सीबीआईएल सेक्युरिटिजले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
जस अन्तर्गत दुई दिने पुँजीबजार सम्बन्धी तालिम प्रदान गरिएको कम्पनीको भनाइ छ । पुँजी बजारमा युवाहरूको सहभागिता बढाउने उद्देश्यका साथ कम्पनीले हिमालयन ह्वाईट हाउस कलेज, पुतली सडकमा बि.बि.ए. प्रथम वर्ष र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई चैत्र ६ र ७ गतेका दिन पुँजी बजारको आधारभूत ज्ञान सम्बन्धी तालिम प्रदान गरेको हो । नेपाल धितो पत्र बोर्ड बाट अनुमति पत्र प्राप्त धितो पत्र दलाल ९ब्रोकर नं। ९१० सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडले आफ्नो मुख्य कार्यालय ललितपुर-१०, कुपण्डोल बाट आफ्ना ग्राहकहरूलाई धितो पत्र कारोबार सेवा दिँदै आइरहेको छ ।
प्रतिक्रिया