आज यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

विहीबार, ०८ चैत्र २०८०, ०७ : १८

काठमाडौं- आज बिहीबार चैत ८ गतेका दिन ग्रीन डेभलपमेन्ट बैंक साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि शुक्रवार फागुन ९ गते बुक क्लोज गर्दै छन् । तसर्थ यी दुई कम्पनीको लाभांश हात पार्न आजै शेयर धनी बन्नुपर्छ। 

ग्रीन डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्दै छ । उक्त लाभांश पारित गर्न चैत २७ गते साधारण सभा बस्दै छ। बैंकले आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को वार्षिक साधारण सभा एकैचोटी बोलाएको हो।

  सभा मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत वर्षको नाफाबाट लगानीकर्तालाई१ ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्दै छ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीको जानकारी छ ।

विहीबार, ०८ चैत्र २०८०, ०७ : १८

प्रतिक्रिया