एकैदिन तोलामा २ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

१ महिना अगाडि

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । बुधबार स्थिर रहेकाे सुनकाे मूल्य बिहीबार एकैदिन २ हजार ६ सयले बढेर  २ हजार ६ सय रुपैयाँ बढेर १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ९ हजार ५७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ९ हजार ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय ३३ रुपैयाँ तोकेको छ ।

१ महिना अगाडि

प्रतिक्रिया