काठमाडौँ - कृषि कार्यका लागि आवश्यकप्राविधिक र वित्तीय सहायताप्रदान गर्नका लागि वि.स.२०२४ सालमा स्थापना भएको कृषि विकास बैंक लि.हाल प्रविधिक, वित्तीय, व्यवस्थापकिय र संस्थागत हिसावले अब्वलवन्दै गएको छ ।
निक्षेप तथा कर्जा व्यवस्थापनमा खास ध्यानदिई निक्षेप तथाकर्जाको पोर्टफोलियो व्यवस्थापन गर्दै आधार दर क्रमशः घटाउदै लैजान बैंक सफल भएको छ । कृषिलाई नछोड्ने, अरुलाई जोड्ने दिर्धकालीन नितिअवलम्वन गरेको यस बैंकले सरकारी कारोवार, साना किसानको लागि सरल कृषिकर्जा लगानी, साना तथा मध्यम उद्योगका लागि लगानी गर्दै आएको बैंकले हालका दिनमा ठूला आकारका व्यवसायिक कर्जामा समेत जोड दिदै आएको छ । बैंकको वेस रेट घटे संगै यस बैंकको लगानी क्षमतामा उच्च वृद्धि भएको छ । बैंकले चैत्र महिनाको लागि आठ दशमलव आठ आठअंकको आधारदर सार्वजनिक गरेको छ । यो सगै बैंकको व्यवसायिक कर्जा लगानीको व्याजदर दश दशमलव आठ आठ अंक माझरेको छ ।
निजी क्षेत्रका बैंकहरुको आधार दर बढी रहेको हालको अवस्थामा कृषि विकास बैंक लि.को आधार दर भने उच्च अंकले घटेको छ । आधार दर घटे संगै किसानले उपयोग गरेको कर्जाको व्याजदर पनि घटेको छ । कर्जाको पोर्टफोलियोमा कृषि कर्जाको हिस्सा वढी रहेको बैंकले संस्थागत तथा व्यक्तिगत हायर पर्चेज कर्जामा जोड दिएको छ । निजी सवारी साधन खरिदका लागि खरिद मुल्यको ६५ प्रतिशत र विद्युतिय गाडीमा ८० प्रतिशत सम्म कर्जा लगानी गरी सेवा विस्तार गर्ने बैंकले उल्लेख गरेको छ । किसानको कर्जाको व्याजदरको असर समग्र आर्थिक प्रणालीमा हुने गर्दछ । कमव्याजदरले कृषि उत्पादनको लागत घट्न गई वजारमा मुल्य वृद्धिको चापमा कमी आउने गर्दछ । निजि क्षेत्रका बैंक तथा वित्तीय संस्था भन्दा अब्वल हिसावले कारोवार गरी रहेको यस बैंकले आगामी दिनमा अझै आधार दर घटाउदै लैजाने योजना रहेको जानकारी गराएको छ ।
प्रतिक्रिया