एच क्यु ००२ नामक धानको बीउ पञ्जीकृत

१ महिना अगाडि

काठमाडौँ - कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नयाँ जातको धानको बीउ पञ्जीकृत गरेको छ ।

चीनमा विकास भएको एच क्यु ००२ नामक बर्णशंकर जातको धानको बीउ पञ्जीकृत गरेको हो । सो धान ८ सयदेखि १५ सय मिटर उचाइसम्म रोप्न सकिने छ । मन्त्रालयका अनुसार मध्य पहाडी क्षेत्रमा सिञ्चित क्षेत्रका लागि सो धान सिफारिस गरिएको छ । नयाँ बर्णशंकर जातको धानको बीउको उत्पादन क्षमता प्रतिहेक्टर ८ देखि ९ मेट्रिक टन छ ।  १ सयदेखि १०५ दिनमा सो धान पाक्ने मन्त्रालयले उल्लेख छ । 

१ महिना अगाडि

प्रतिक्रिया