बजारबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

१ महिना अगाडि

काठमाडौं- नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

राष्ट्र बैंकले आज शुक्रबार उक्त निक्षेप संकलनको बोलकबोल गर्ने जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ५० अर्ब रुपैयाँ तान्ने लागेको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मध्यान्न १२ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । राष्ट्र बैंकले २१ दिन अवधिका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति चैत ३० गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

१ महिना अगाडि

प्रतिक्रिया