माछापुच्छ्रे बैंकद्धारा  विद्यालय परिसरमा ८ वटा शौचालय निर्माण

१ महिना अगाडि

काठमाडौं- माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला, गोदावरी नगरपालिका ६, बडेहाँमा रहेको श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा ८ वटा शौचालय निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त शौचालय निर्माण गरेको जनाएको छ । बिहीबार बैंकले ८ वटा शौचालय विद्यालय व्यवस्थापन समिति एंव विद्यालय प्रशासनलाई हस्तातरण गरेको जनाएको छ । शौचालय हस्तान्तरण कार्यक्रममा गोदावरी नगरपालिका ६ वडाका अध्यक्ष जहरु साउदले बैंकले कैलाली जिल्लाको सरकारी स्कुललाई सहयोग गरेकोमा खुसी व्यक्त गरे ।

आगामी दिनमा बैंकले जस्तै अन्य संघ संस्थाहरुले स्थानिय निकायहरुसंग मिलेर अन्य यस्तै कामहरु गर्दै गएको खण्डमा देशका हरेक सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार हुदै जाने विश्वास व्यक्त गरे ।कार्यक्रममा बैंकका महाप्रबन्धक प्रसिद्ध राज अर्यालले बैंकले आफ्नो विद्यालय संचालनका लागि अति आवश्यक पर्ने शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाए पश्चात बैंकले उक्त शैलेश्वरी उच्च माध्यामिक विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गरेको जानकारी गराउदै भविष्यमा पनि अन्य यस्ता थुपै सामाजिक कार्यमा सहयोग गर्न बैंक सधै अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा विद्यालय व्यवस्थपन समितिका अध्यक्ष खगराज पाठकले बैंकले आफ्नो विद्यालयप्रति गरेको सामाजिक कार्यको सराहना गर्दै यस्ता सहयोगले विद्यालय संचालनका लागि उत्प्रेरणा मिल्ने बताए ।

१८ सय भन्दा बढि विद्यार्थी र ३५ जना शिक्षक÷कर्मचारी कार्यरत शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था निक्कै नै खराव रहेको हुदाँ विद्यार्थी एंव शिक्षकहरुले भोगिरहेको समस्यालाई मध्यनजर गरि बैंकले विद्यालय परिसरमा ८ वटा शौचालय तथा सेफ्टी ट्याङ्कीको निर्माण गरेको हो । बैंकले निर्माण गरेका ८ वटा शौचालयहरु मध्ये २ वटा विद्यालयका कर्मचारी, ३ वटा महिला तथा ३ वटा पुरुष विद्यार्थीले प्रयोग गर्नेछन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया