एसोसिएसनले टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ गर्दै

१ महिना अगाडि

काठमाडौं - पर्यटक प्रहरी र टुरिस्ट गाइड एसोसिएसनले टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ गरेका छन् ।

पछिल्ला दिनमा काठमाडौंको सम्पदा क्षेत्रमा टुरिस्ट गाइडहरुको लाइसेन्स चेकिङमा कडाइ गरिएको टुर्गानले जनाएको छ । सबै ट्राभल र ट्रेकिङ कम्पनीलाई लाइसेन्स प्राप्त वैधानिक टुर गाइडलाई मात्र लिएर नेपाल भ्रमणमा आएका पर्यटक घुमाउन समेत संघले आग्रह गरेको छ ।लाइसेन्स लिएका गाइड बेरोजगार हुने र गैरगाइडले यस्तो काम गर्ने प्रचलन रहेको भन्दै पछिल्लो समय टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ गरिएको हो ।यस अघि संघले सबै टुरिस्ट गाइडलाई लाइसेन्स नवीकरण गर्न आग्रह गरेको थियो ।एसोसिएसनले आफ्नो लाइसेन्स प्रष्ट देखिने गरी भिरेर मात्र पर्यटकलाई घुमाउन समेत गाइडहरुलाई आग्रह गरेको छ । पर्यटक प्रहरी र संघले बौद्ध, बसन्तपुर, पशुपतिनाथ क्षेत्रमा चेकिङ गरेका छन् ।


 

१ महिना अगाडि

प्रतिक्रिया