डिजिटल मुद्रा ल्याउने सरकारको तयारी

शुक्रबार, ०९ चैत्र २०८०, १४ : ३७

काठमाडौं – राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा, वित्तीय जोखिम समेतका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवं नियमन र सुपरीवेक्षणको गर्ने उद्देश्यसहित अर्थमन्त्रालयले विधेयक दर्ता गरेको छ । 
 बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक  बिहीबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।
संविधानबमोजिम तीनवटै तहका सरकारको वित्तीय अधिकारलाई व्यवस्थितरुपमा कार्यान्वयन गर्नका लागि प्रचलित ऐनलाई संशोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै उक्त विधेयक दर्ता गरिएको अर्थमन्त्री पुनले जानकारी दिएका छन् । 
संशोधनको लागि दर्ता गरिएको विधेयकमा डिजिटल मुद्रा ल्याउन कानुन संशोधनको प्रस्ताव समेत गरिएको छ ।
 

शुक्रबार, ०९ चैत्र २०८०, १४ : ३७

प्रतिक्रिया