दियालो बंगला दरबार सर्वसाधारणका लागि खुल्ला गरिर्दै

१ महिना अगाडि

काठमाडौं - आगामी वैशाख १५ गतेभित्र चितवनको दियालो बंगला दरबार सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ ।

शुक्रबार चितवनमा नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला सञ्चालन तथा व्यवस्थापनका लागि भरतपुर महानगरपालिका र नेपाल ट्रष्टबीच सम्झौता भएको हो । सम्झौतापछि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वैशाख १५ एक औपचारिक कार्यक्रम गरी सञ्चालनमा ल्याइने जानकारी दिइन् । प्रमुख दाहालले भरतपुर महानगरपालिका र नेपाल ट्रष्टको संयुक्त लगानीमा आवश्यक कामहरूलाई अगाडि बढाइने उल्लेख गरिन् । बंगलालाई संग्रालयको रूपमा विकास गर्ने लक्ष्यका साथ महानगरपालिका अघि बढेको उनको भनाइ छ ।

भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा दरबार खुल्ला गर्न लागिएको भन्दै उनले दरबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको अध्ययन तथा अनुसन्धानको थलो बन्ने विश्वास व्यक्त गरिन् ।महानगरपालिकाले दियालो बंगला सञ्चालन गर्न ट्रष्ट गर्न महानगरपालिकासँग आग्रह गरेपछि ट्रष्टले ऐतिहासिक एवम् सांस्कृतिक महत्वका सम्पदा अवलोकन तथा सञ्चालन कार्यविधि २०८० निर्माण गरेको थियो । ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका थिए । विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगलामा जाने गर्दथे । त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ ।

१ महिना अगाडि

प्रतिक्रिया