फाईल तस्विर
काठमाडौं : मीटरव्याजको समस्या चर्किदै जानथालेपछि सरकारले मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ।
बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो।
आयोगले अनुसन्धानको निमिक्त ३ महिनाको समय पाएको छ । सरकारले फागुन २८ गते आन्दोलनरत मिटरब्याज पीडितसँग ४ बुँदे सहमति गरेको थियो।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहमति गर्दै जाँचबुझ आयोग गठन गर्ने सहमति भएको थियो ।आयोगमा पूर्वएआइजी पुस्कर कार्की र सञ्जिब मिश्र सदस्य छन् ।
प्रतिक्रिया