काठमाडौं- कामना सेवा विकास बैंक बुटवल क्षेत्रले Global Money Week 2024 को उपलक्ष्यमा बुटबलका उद्योगी व्यापारीहरुलाई लक्षित गरि डिजिटल वित्तीय साक्षरता कार्यक्रम मिति २०८०/१२/१० गते सम्पन्न गरेको छ । उक्त कार्यक्रममा उद्योगी व्यापारी तथा प्रतिनिधि गरी १५० जनाको उपस्थिति रहेको थियो। विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा हरेक वर्ष मार्च १८ देखि २४ सम्म मनाउने गरिन्छ
बैंकका सञ्चालक श्री भिम प्रसाद तुलाचनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख श्री रञ्जीत सिंह राठोरको प्रमुख आतिथ्यता रहेको थियो। लघुवित्त संघका अध्यक्ष, उद्योगी व्यापारीहरु तथा विभिन्न संघका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकका कानून विभागका प्रमुख श्री डण्डापानी भट्टराई तथा केन्द्रीय सञ्चालन विभागका प्रमुख श्री राहुल कुमारले प्रस्तुतीकरण गर्नुभएको थियो।
आजको युग डिजिटल युग भएको र यस डिजिटल युगमा अनेक अवसर भएता पनि डिजिटल माध्यमबाट नै धेरै ठगी हुने भएको भन्दै अनलाईन ठगी र डिजिटल बैंकिङको चुनौतीको बारेमा प्रस्तुतीकरण गरिएको थियो। उक्त डिजिटल वित्तिय साक्षरता कार्यक्रम बैंकका बुटवल क्षेत्रको प्रमुख श्री खीम लाल भुसालको सन्चालनमा भएको थियो भने व्यापार संघका अध्यक्ष श्री दिपक प्रसाद अधिकारीले यस्तो डिजिटल वित्तिय साक्षरता कार्यक्रम निकै उपयोगी रहेकोले बैंक प्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो ।
हाल बैंकले आफ्ना १२५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ।
प्रतिक्रिया