काठमाडौं- महुली लघुवित्तले ११औं वार्षिक साधारण सभा चैत २६ गते बोलाएको छ। सभा, महुली लघुवित्तको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन। यसअघिनै कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाइसकेको छ। कम्पनीको सञ्चालक समिति बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो।
कम्पनीले गत वर्ष भने २०प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो। सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखिएको छ ।
आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ। सभा प्रयोजनका लागि यसले चैत १४ गते बुक क्लोज गर्ने जनाएको छ ।
प्रतिक्रिया