मन्थली विमानस्थलबाट लुक्लाका उडान सुरु

१ महिना अगाडि

काठमाडौँ - पदयात्रा र हिमाल आरोहणको मौसम सुरु भएसँगै रामेछापको मन्थली  विमानस्थलबाट लुक्लाका लागि दैनिक उडान सुरु भएको छ । 

तारा, समिट र सीता एयरले आजदेखि सोलुखुम्बुको लुक्लासम्म नियमित उडान भर्न थालेपछि पर्यटकका लागि सहज हुने ठानिएको छ । पर्यटकीय मौसमको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त हुने भएकाले ट्राफिक जाम नहोस् भनी एयरलाइन्सहरुले पर्यटकलाई मन्थलीसम्म गाडीमा ल्याएर लुक्लाको लागि उडान भर्ने गरेका छन् । पदयात्रा र आरोहणका लागि वर्षको दुई पटक पर्यटक यहाँ आउने गर्छन् । यसअघि असोजको पहिलो सातादेखि मङ्सिरको पहिलो सातासम्म खुम्बुक्षेत्र घुम्न जाने पर्यटक धेरै हुने गर्दथे । यसवर्ष चैतदेखि जेठभित्र घुम्न  आउने पर्यटकको सङ्ख्या धेरै भएको तारा एयरका रामेछाप इन्चार्ज प्रवीण सुवेदीले बताउनु भयो । शुक्रबारदेखि उडान सुरु गरेपनि मौसमले साथ नदिएको उनको भनाइ छ ।आजदेखि मौसम खुलेसँगै नियमित उडान सुरु गरिएको नागरिक उड्ययन प्राधिकरण रामेछापकी निमित्त कार्यालय प्रमुख पुजा थापाले बताइन् । मन्थलीमा हवाई इन्धनसहितको व्यवस्था गरिएको छ । 
 
 

१ महिना अगाडि

प्रतिक्रिया