काठमाडौँ - बुटवलमा प्रधान कार्यालय रहेको शाइन रेसुंगा बैंकले ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड २०२४ जितेको छ ।
न्यू बिजनेश एज प्रालिले काठमाडौंमा शुक्रबार गरेको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्ड २०२४ अन्तर्गत् विकास बैंकहरुमध्ये शाइन रेसुंगा उत्कृष्ट हुँदै अवार्ड जितेको हो । यस अघि बैंकले सन् २०२२ मा पनि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो । शाइन रेसुंगा लुम्बिनी प्रदेशको बुटवलमा केन्द्रीय कार्यालय भएको एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो । बैंकको ८ अर्ब अधिकृत पुँजी र ४ अर्ब ७३ करोड चुक्ता पुँजी रहेको छ । बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटिएम सञ्चालनमा छन् ।
प्रतिक्रिया