नेपालगञ्जको वाटरपार्कमा मोटरबोट सञ्चालन

१ महिना अगाडि

 काठमाडौं - मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगञ्जस्थित   गरेको छ ।

१ करोड ८ लाख रुपैयाँ लागतमा तयार गरेर परीक्षणकालिन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आउँदो वैशाखमा उद्घाटन गर्ने तयारी गरेको सञ्चालक विष्णु ढकालले जानकारी दिए ।कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरे बापत नेपालगञ्ज महानगरपालिकालाई वार्षिक २५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए ।पर्यटकले मोटरबोट चड्न २ सय ५० रुपैयाँ तिर्नुपर्ने कम्पनीको भनाइ छ । १२ सय वर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै ४ किलोमिटर दुरी सयर गर्न सक्ने भएका छन्

खासै प्रयोगमा नआएको नेपालगञ्जको वाटर पार्क नामक पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए ।वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरीङ गरेर प्रयोग गरेको बताएको छ । नेपालगञ्जको सोही पार्कमा जेट स्कि, ५ वटा पावरस्पोर्ट्स, फ्लोटिङ रेस्टुरेन्ट, अपोजिट बन्जी, साइक्लिङ, जिपलाइन लगायतको सेवा समेत विस्तार गर्ने योजना रहेको ढकालले जानकारी दिए ।

१ महिना अगाडि

प्रतिक्रिया