काठमाडौं- आज चैत १२ गते सोमबारका दिन सगरमाथा लुम्बिनी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।
साधारण सभा प्रयोजनका लागि यसले चैत १३ गते बुक क्लोज गर्ने भएको छ। यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ। सगरमाथा लुम्बिनीले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ।
उक्त लाभांश पारित गर्न यसले चैत २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ।
प्रतिक्रिया