कनकाई बन्यो स्थानीय स्तरको डिजिटल ठेगाना प्रणाली प्रयोग गर्ने पहिलो पालिका

१ महिना अगाडि

काठमाडौं- झापाको कन्काईनगरपालिकाले नगरवासीका लागि डिजिटल ठेगाना प्रणाली सुरु गरेको छ ।

 पालिकास्तरमा नै पहिलो पटक कन्काईले डिजिटल प्रणालीमा आधारित ठेगना प्लेट जडानकार्य सुरु गरेको हो । नगरपालिकाका प्रमुख राजेन्द्र प्रसाद पोखरेल ‘कता हो’ नामक डिजिटल एप प्रणालीको शुभारम्भ गरेका हुन् ।शुभारम्भ कार्यक्रममा बोल्दै मेयरले नेपालमै पालिकास्थरमा पहिलोपटक डिजिटल ठेगाना प्रणाली प्रयोग गर्न पाउदा खुसी भएको बताए ।
 ‘स्वदेशी प्रविधिलाई पालिकाहरुले आफ्ना स्तरबाट प्रवर्धन गर्नुपर्छ’ उनले भने । कुनैपनि सेवाग्राहीले नगरपालिकाबाट लिने सिफारिसलगायत घरबहाल कर, व्यवसाय दर्ता, नविकरण, कर, सम्पत्ती कर, सूची दर्तालगायतका सेवा अनलाइनमार्फत लिन सक्नेछन् ।कार्यक्रममा कता हो प्रणालीका प्रविधिअनुसन्धानकर्ता रामप्रसाद रिमालले ५ वर्ष लामो अनुसन्धानपछि यो प्रणालीको विकास भएको बताउदै जसले पनि मिनेटभरमा नै डिजिटल ठेगना प्लेट सञ्चालन गर्न सक्ने बताए । 

रामलक्ष्मण ग्रुप अन्तर्गत रहेको एड्रेसग्राफ नेपाल प्रालिले कता हो नामक डिजिटल एपमार्फत डिजिटल ठेगाना प्रणाली प्रयोग गरेको जनाएको छ ।यस एपमा घरधनीको नाम, २ शब्द र अंकको कता हो कोड, स्थानीय नाम तथा स्थानीय तहको नाम र वडा रहन्छ । त्यस्तै, नेपाल सरकारले जारी गरेको हुलाक बस्तु वितरणको लागि गुगल प्लसको प्लटमा रहेको जनाइएको छ । त्यसको अलावा क्युआर कोर्डमार्फत घरधनीको मोवाइलमा घन्टी बजाउने सुविधा रहेको जनाइएको छ । 

१ महिना अगाडि

प्रतिक्रिया