लुम्बिनी रिसोर्टले चार तारे होटल को इजाजत पायो

१ महिना अगाडि

काठमाडौँ - कपिलवस्तुको चन्द्रौटामा रहेको लुम्बिनी ग्रिन रिसोर्टले चार तारे होटेलको इजाजत प्राप्त गरेको छ ।

पर्यटन विभागले शिवराज नगरपालिका– २ चन्द्रौटामा रहेको रिसोर्टलाई विहिवार चारतारास्तरमा वर्गिकरण गरि इजाजत प्रदान गरेको हो । लुम्बिनी ग्रिन रिसोर्ट कपिलवस्तुकै पहिलो चार तारे होटेल बनेको छ । यो काठमाडौं बाहिरको पहिलो डिलक्स रिसोर्ट समेत हो । यस्तै नेपालभर तिनवटा डिलक्स रिसोर्टमध्ये लुम्बिनी ग्रिन पनि रहेको रिसोर्टका अध्यक्ष लक्षमण भण्डारीले जानकारी दिए । रिसोर्टले विश्व पर्यटन दिवसका दिन नेपालभरबाट उत्कृष्ट रिसोर्टको अवार्डसमेत प्राप्त गरेको थियो । २०७५ सालमा स्थापना भएको रिसोर्ट सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीको व्यवस्थापनमा सञ्चालित छ । रिसोर्टमा हाल ६२ वटा कोठा रहेका छन् ।


 

१ महिना अगाडि

प्रतिक्रिया