राष्ट्र बैंकको नेपाल सेयर मार्केट एण्ड फाइनान्सको व्यवस्थापक माग

१ महिना अगाडि

काठमाडौँ - नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट एण्ड फाइनान्स लिमिटेड, पुतलीसडक काठमाडौँको व्यवस्थापनका लागि संयोजक माग गरेको छ । 

कम्पनीको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूहका लागि १ जना संयोजक माग गरिएको हो । सोमबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले योग्यता पुगेको उपयुक्त उम्मेदवारलाई चैत १३ गते  कार्यालय समयभित्र दरखास्त पेस गर्न आह्वान गरेको छ । संयोजकका लागि व्यवस्थापन,बैंकिङ,वित्तीय,मौद्रिक,अर्थशास्त्र, वाणिज्यशास्त्र , लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको बैंकिङ विज्ञ हुनुपर्ने बैंकले जनाएको छ । 

तोकिएको संयोजकको मासिक तलब १ लाख २६ हजार ३ सय रुपैयाँ ९नियमानुसारको करसहित० हुनेछ भने दशैं खर्च वापत एक महिनाको पारिश्रमिक बराबरको रकम प्रदान गरिने समेत बैंकले सूचनामार्फत जानकारी गराएको छ ।  छनोट भएको संयोजकको सेवा अवधि १ वर्ष हुनेछ भने आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६र६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिने बैंकले जनाएको छ । इच्छुक उम्मेदवारले चैत १३ गतेसम्म ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने बैंकले जानकारी गराएको छ । 
 

१ महिना अगाडि

प्रतिक्रिया