एक इनर्जी कम्पनीको वार्षिक साधारण सभा आज

१ महिना अगाडि

काठमाडौँ- लाभांशको अजेण्डा पारित गर्न माउन्टेन इनर्जी नेपाल लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । 

कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको साधारण सभा आयोजना हुन लागेको हो ।  
उक्त सभामा गत आवका लागि प्रस्तावित १५ प्रतिशत लाभांश बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनेछ । यस्तै सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ । वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी फागुन ३० गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् । 

१ महिना अगाडि

प्रतिक्रिया