एक इन्स्योरेन्स कम्पनीको तिनवटा साखामा कर्मचारी माग

१ महिना अगाडि

काठमाडौँ- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न शाखा कार्यालयहरुका लागि शाखा प्रमुखहरु माग गरेको हो ।  

कम्पनीले कोशी प्रदेश अन्तर्गत भोजपुर, विराटनगर,खाँदबारी र ओखलढुंगाका लागि,बागमति प्रदेश अन्तर्गत बत्तिसपुतली,महाराजगंज,चनौली,कालिमाटी,हात्तिगौडा र फर्पिङका लागि र लुम्बिनी प्रदेश अन्तर्गत बर्दघाट,रामपुर (पाल्पा) र जीतपुरका शाखा कार्यालयहरुका लागि शाखा प्रमुख माग गरेको छ ।  

उल्लेखित पदका लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने र जीवन बीमा,बैंक तथा अन्य वित्तीय क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक तथा योग्यता पुगेका आवेदकले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।  

१ महिना अगाडि

प्रतिक्रिया