सुरक्षित डिजिटल वित्तीय कारोबार गर्न केन्द्रिय बैंकको सुचिकृत

१ महिना अगाडि

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सुरक्षित डिजिटल वित्तीय कारोबार गर्न सूचित गरेको छ । केन्द्रीय बैंकले सम्भावित डिजिटल ठगीबाट बच्न र गैरकानुनी कारोबारबाट टाढा रहन आह्वान गरेको हो ।  

अरु कसैको नागरिकता,फोटो र टेलिफोन नम्बर जस्ता व्यक्तिगत विवरण दुरुपयोग गरी मोबाइल वालेट वा अन्य बैंक तथा वित्तीय संस्थामा खाता खोली अनधिकृत कारोबार गर्ने,क्रिप्टोकरेन्सी खरिदबिक्री गर्ने,बेटिङसम्बन्धी कारोबार गर्ने,यस्ता गैरकानुनी कारोबारमा समस्या भए मद्दत गर्छु भनी ठगी गर्ने,डर त्रास देखाई रकम असुली गर्ने,विदेशमा रहेका व्यक्तिको व्यक्तिगत विवरण चोरी गरी अवैध कारोबार गर्ने जस्ता घटना हुने गरेको पाइएकाले यस्ता वित्तीय जोखिमप्रति सजग रहि आफ्नो महत्वपूर्ण व्यक्तिगत विवरण तथा कागजात सुरक्षित र गोप्य राख्न राष्ट्र बैंकले आह्वान गरेको छ ।  

छिटो पैसा कमाइन्छ भन्ने लोभ लालचमा परी अपरिचित व्यक्तिको बहकाउमा नागरिकता,खाता नम्बर,क्यूआर,ओटीपी पिन कोड पासवर्ड जस्ता आफ्ना गोप्य विवरण कसैलाई नदिन राष्ट्र बैंकले सुझाव दिएको छ ।   


 

१ महिना अगाडि

प्रतिक्रिया