सपोर्ट लघुवित्तद्धारा वार्षिक साधारण सभा आव्हान

१ महिना अगाडि

काठमाडौं- सपोर्ट लघुवित्त वित्तीय संस्थाले चैत १७ गते वार्षिक साधारण सभा बोलाएको छ । पुस २७ गते बोलाएको सभामा गणपुरक संख्या नपुगेपछि स्थगन भएको सभा पुनः बोलाएको छ ।

संस्थाले गत आवको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशतसहित १३.६८ प्रतिशत लाभांश दिने प्रस्ताव रहेको छ । सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

सभामा अन्य लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न एवं प्रबन्धपत्र, नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ । कम्पनीले सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गरेको छ । पुस १५ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउने र सभामा भाग लिन सक्नेछन् । सभा दुर्गा पार्टी प्यालेस इटहरी ४ सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

१ महिना अगाडि

प्रतिक्रिया