काठमाडौँ - मुगु जिल्लाका हिमाली क्षेत्रहरुमा भने कुकुरकै भरमा भेडाबाख्रा सुरक्षाको पूरै जिम्मा दिइन्छ ।
हिमाली भेगका स्थानीय र भोटेजातका कुकुर जगंली जनावर स्याल, भालु, चितुवालगायतका जनावरसँग पनि डराउँदैन । कुकुरले भेडालाई दिनभर चरन क्षेत्रमा र रातमा गोठमा हेरचाह गर्दछ । कुकुर भएपछि भेडीगोठालाहरु दिनमा र रातिमा ढुक्कसँग बस्ने गर्दछन् । छायाँनाथ रारा नगरपालिका वडा नं ६ को केशिनाथ सहकारीका सदश्य वीरबहादुर ऐडीका अनुसार कुकुर हामी भेडापालक कृषकका लागि सारथि बएको छ भेडा हेर्ने जिम्मा कुकुर कै छ, चरन क्षेत्रमा एकजना गोठालो गएपुग्छ । गोठमा कुकुर नहुँदा स्याल र जंगली जनावरले वर्षमा ३० वटा भेडाबाख्रा मारेको थियो । केशीनाथ कृषि सहकारीक अध्यक्ष भुमल बोहराले भने । कुकुरकै कारण भेडाबाख्राको दैनिकी सहज र सुरक्षित भएको उनि बताउँछन् । गोठको सुरक्षाका लागि बसेको कुकुरले नचिनेको मानिस र जंगली जनावरको आक्रमणलाई कुकुरले रोक्छ ।
एउटा कुकुरको मूल्य १५ हजारदेखि २० हजारसम्म पर्ने भेडापालक किसानहरु बताउँछन् । जंगली जनावरबाट भेडालाई बचाउन गोठमा कुकुर अनिवार्य हुनुपर्ने बोहरा बताउँछन् । ‘‘हामी भेडा जाने सबै ठाउँमा पुग्न सकिदैन,जान नसकेको ठाउँमा कुकुर पुग्छन् । दिनभर भेडासँगै जान्छन् र राती आएर भेडालाई सुरक्षा दिन्छन्,’’ उनले भने ।उनले भने, ‘‘वन्यजन्तुको आक्रमणबाट र भेडा चोरी शिकारी बाट बचाउनुका साथै साँझ परेपछि गोठसम्म ल्याइपुर्याउने काम पनि कुकुरहरुले नै गर्दछन् ।’’ सहकारीका एकसय ७० भेडाबाख्रा वन्यजन्तुु बाट बजाउनका लागि दुईवटा भोटे कुकुर छन् । उक्त हेरालु कुकुरलाई ४० हजार रुपियाँमा खरिद गरेर ल्याएको उनले बताए ।भेडाको गोठ जङगलको बीचमा हुनेभएकाले भेडाबाख्राको सारथी कुकुर नै भएको ऐडीले बताए । कुकुर भएपछि राति ढुक्कले निदाउन पाइन्छ ऐडीले भने, ‘‘यहाँ स्याल र वन्यजन्तु गोठमा आए कुकुरले लखेटछन् ।’’ जंगली जनावरको आक्रमणबाट जोगाउने मुख्य हतियार कुकुर भएको स्थानीय भेडापालक किसानहरु बताउँछन् । कुकुरले जंगली जनावरको चाल छिटो सुन्ने र सुँघेर स्याल, भालु र चितुवा जस्ता जनावरको चाल थाहा पाएपछि भुकेर गोठालोहरुलाई संकेत गर्ने काम कुकुरले गर्दछ ।
प्रतिक्रिया