डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

१ महिना अगाडि

काठमाडौं : डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज चैत १४ गते बुधबार अन्तिम मौका रहेको छ । 

साधारण सभा तथा लाभांश प्रयोजनका लागि यसले चैत १५ गते बुक क्लोज गर्ने भएको छ। यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । 

उक्त लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तले चैत २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजे सुरु हुनेछ । 

१ महिना अगाडि

प्रतिक्रिया