शेयरधनीको बैंक खातामा सिद्धार्थ प्रिमियरको नगद लाभांश जम्मा

१ महिना अगाडि

काठमाडौं- सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको फागुन ३० गते सम्पन्न ३० औं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गराइएको छ।

कम्पनीले फागुन १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीको बैंक खातामा चैत्र ७ गतेदेखि नगद लाभांश जम्मा गराइएको जानकारी दिएको छ । हालसम्म डिम्याट खाता खोलेर पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीको हकमा डिम्याट खाता खोली शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता विवरण अद्यावधिक गराएपछि सोही बैंक खातामा नगद लाभांश जम्मा गराइने कम्पनीले जानकारी दिएको छ ।

SPL-Dividend

१ महिना अगाडि

प्रतिक्रिया