सुनको मूल्य बढ्यो

बुधबार, १४ चैत्र २०८०, ११ : २१

काठमाडौँ - आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको  छ ।

 हिजो मंगलबारको तुलनामा आज मूल्य बढेर कारोबार सुरु भएको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २६ हजार २०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ९० रुपैयाँ कायम छ । हिजो मंगलबार १५ सय ५ रुपैयाँ कायम थियो । यो तोलामा १५ रुपैयाँको गिरावट हो ।

बुधबार, १४ चैत्र २०८०, ११ : २१

प्रतिक्रिया