पाँचजनाको नाम पर्यटन बोर्ड सदस्यका लागि सिफारिस

१ महिना अगाडि

काठमाडौँ - नेपाल पर्यटन बोर्ड (एनटीबी)को तीन जना रिक्त बोर्ड सदस्यका लागि पाँचजनाको नाम अन्तिम छनोटका लागि सिफारिस भएको छ ।

 पर्यटन व्यवसायी ठाकुरराज पाण्डेको नेतृत्वमा गठित बोर्ड सदस्य छनोट तथा सिफारिस समितिले मंगलबार पाँच जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । समितिले पर्यटन व्यवसायी अभिषेक विक्रम शाह (काठमाडौँ), अम्बर जंग गुरु (लम्जुङ्ग), राजेन्द बहादुर लामा (काभ्रेपलाञ्चोक), ऋषि भण्डारी (कास्की) र राम प्रसाद सापकोटा (कमल) धादिङलाई अन्तिम ५ मा छनोट गरेको हो । रिक्त तीन जना बोर्ड सदस्यका लागि २३ जना व्यवसायीहरूले आवेदन दिएका थिए । 

२०८० माघ २२ गते आफ्नो तीन वर्षे कार्यकाल पूरा गर्दै उपाध्यक्ष समेत रहेका चन्द्र रिजालसहित सदस्यद्वय कृष्ण शाह र नवाङ मिया शेर्पा बोर्डबाट बाहिरिएसँगै पर्यटन बोर्डमा तीन जना सदस्यको पद रिक्त हुन पुगेको थियो । नेपालको पहिलो ‘पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी)’ मोडलमा सञ्चालित पर्यटन बोर्डमा यसअघि बोर्ड सदस्य तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्ति तालुक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणमार्फत नै हुने गरे पनि यो पटक भने मन्त्रिपरिषद्बारा निर्णय गर्न लागिएको हो ।यस समितिले मंगलबार साझा अन्तिम ५ जनाको नाम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाएको छ । अब बस्ने मन्त्रिपरिषद्को बैठकले यी अन्तिम ५ जनाबाट ३ जनाको नाम बोर्ड सदस्यका लागि छनोट गर्नेछ । पहिलो पटक पर्यटन बोर्ड सदस्यका लागि जनजातिको प्रतिनिधित्वसहित क्षेत्रगत तथा विषयगत व्यवसायीको प्रतिनिधित्व हुनेगरी अन्तिम ५ जनाको नाम सिफारिस गरिएको स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । 

पर्यटन बोर्डको रिक्त तीन पदमा व्यवसायीहरूको दौडधुप, १९ जनाको आवेदन पर्यटन बोर्ड सदस्य नियुक्तिमा विषयगत र क्षेत्रगत सन्तुलन मिलाउन दबाब यस अघि मन्त्रालयका सहसचिव गोविन्द कार्कीको संयोजकत्वमा निजी क्षेत्रका दुईजना प्रतिनिधि राखेर बोर्ड सदस्य छनोट तथा सिफारिस समिति बनाइएको थियो । तर व्यवसायीहरुको तीब्र चाहना र प्रतिस्पर्धा देखिएपछि सरकारले सो समिति खारेज गर्दै पुनः निजी क्षेत्रकै सहभागितामा व्यवसायी ठाकुरराज पाण्डे, पम्फा देवी पौडेल र अम्बिर बहादुर गुरुङसहितको तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो । 
 

१ महिना अगाडि

प्रतिक्रिया