मानुषी लघुवित्तको विभिन्न पदमा रोजगारको अवसर, कहाँ दिने आवेदन ?

४ हप्ता अगाडि

काठमाडौं- मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले वरिष्ठ सहायक (शाखा प्रमुख) मा दुई जना र कनिष्ठ सहायक पदमा ९ जना कर्मचारी माग गरेको हो।

कनिष्ठ सहायकका लागि एलएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त संस्थामा कम्तिमा एक वर्षको कार्य गरेको हुनुपर्ने छ। यसमा प्रविणता प्रमाणपत्र वा प्लस टू गरेकालाई प्राथमिकता दिइने जनाएको छ । 

ग्रामिण क्षेत्रको फिल्डमा गई कार्य गर्न इच्छुकले यसमा आवेदन दिनसक्नेछन् । उमेरको हकमा भने १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिलाका लागि भने माथिल्लो उमेरहदमा पाँच वर्ष थप हुनेछ। 

कम्प्युटरको ज्ञान भएको तथा मोटरसाइकलको लाइसेन्स प्राप्त व्यक्तिलाई प्राथमिकता दिइने कम्पनीले बताएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय तथा शाखा कार्यालय वा कम्पनीको इमेल [email protected]  मार्फत १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

४ हप्ता अगाडि

प्रतिक्रिया