अध्यक्षको मनोमानीले एमएसआर बहुउदेश्यिय सहकारीमा संकट

४ हप्ता अगाडि

काठमाण्डौ । सहकारीहरूको भिडमा अलग्गै अभ्यास गरेको एमएसआर बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष स्वयम्भूराम जोशीको बदमासीका कारण सङ्कटतर्फ उन्मुख भएको छ । सहकारी भए पनि लघुवित्त मोडलमा कार्य गर्दै आएको सो सहकारीका अध्यक्ष स्वयम्भूराम जोशीले गरेको आर्थिक अनियमितता र मनोमानीका कारण ओरालो लागेको आरोप छन् ।

कुनै समय सामुदायिक लघुवित्तको सिइओ रहेका जोशी त्यहाँ पनि आर्थिक अनियमिततामा मुछिएपछि राष्ट्र बैंकको कारबाहीमा परेर २९ दिन जेलको हावा खाएका थिए । सोही संस्थामा रहँदाको आर्थिक अनियमितताको कारण बैंकिग कसुरको मुद्दा उनीमाथि यद्यपि कायम रहेको स्रोतले बतायो । उनी भने धरौटीमा छुटेका हुन् । उनको सो मुद्दा अदालतबाट धेरैबर्षसम्म पनि फर्छ्योट भएको छैन ।

तिनै जोशीले लघुवित्तमा रहँदा जाने सिकेको ज्ञानको आडमा एमएसआर बहुउद्देश्यीय सहकारीलाई लघुवित्त मोडलमा ढालेर ललितपुर जिल्लामा गतिविधि अघि बढाएका थिए । अहिले उनी माथि सो सहकारीमा अध्यक्षको हैसियतबाट करोडौँको अनियमितता गरेर विभिन्न तौरतरिकाबाट ढाकछोप गर्न लागेको आरोप छ ।

यता सहकारी भने सङ्कटमा रहेको त्यहाँका बचतकर्ता महिलाहरूले बताएका छन् । बचत फिर्ता माग्न जाँदा व्यवस्थापनका कर्मचारीहरू समेत नभेटिने र अध्यक्षसँग कुरा गर्न खोज्दा म होइन अरूसँगै कुरा गर्नु, म त्यहाँ छैन भनेर पनि भन्ने गरेको एक जना बचतकर्ताले बताए ।

हाल सो संस्थामा झन्डै ४ हजार सदस्य रहेका छन् । ललितपुरमा ढोलाहिटीमा केन्द्रीय कार्यालयमा रहेको सो सहकारीको सात दोबाटो, चापाउगाउँ, लुभु, संख्खु, गोटिखेलमा सेवा केन्द्र रहेको छ । सहकारीले लघुवित्त मोडलमा करोडौँको कारोबार गर्दै आइरहेको छ ।

४ हप्ता अगाडि

प्रतिक्रिया