शेयर धनीको हात रित्तो पार्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो साधरणसभा

४ हप्ता अगाडि

काठमाडौँ- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चैत २० गते मंंगलबार साधारण सभा बोलाएको छ  । 

सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौँमा बिहान १० बजेदेखि सुरु हुनेछ । बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ।

साथै, साधारण सभाले संस्थापकतर्फ ४ जना र सर्वसाधारण २ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव राखेको छ । सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गरेको छ। तसर्थ फागुन २३ गतेसम्म कायम शेयर धनीले सभामा भाग लिन सक्नेछन् ।

४ हप्ता अगाडि

प्रतिक्रिया