अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि , प्रतिऔंस कतिमा हुदैछ कारोबार ?

४ हप्ता अगाडि

काठमाडौँ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। पछिल्लो २४ घण्टाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ०.६९ प्रतिशत अर्थात् १५.०६ डलरले बढेको हो।

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली बजारमा घट्ने बढ्ने क्रम दोहोरिइरहेको समयमा अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्यमा वृद्धि भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार १९४.५९ डलर कटेको छ । पछिल्लो २४ घण्टाको अवधिमा चाँदीको मूल्य पनि वृद्धि भएको छ। चाँदीको मूल्य ०.७६ प्रतिशत अर्थात् प्रतिऔंस ०.१९ डलरले बढेको छ। यो वृद्धिसँगै चाँदीको मूल्य २४.६३ डलर पुगेको छ ।  

४ हप्ता अगाडि

प्रतिक्रिया