सुनको मुल्यमा उच्च वृद्धि

४ हप्ता अगाडि

काठमाडौं- आज बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ११ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ९ हजार ६५५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ९ हजार १४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९४.५० रुपैयाँ तोकेको छ।

४ हप्ता अगाडि

प्रतिक्रिया