पर्यटकको रोजाइको बन्दीपुर

४ हप्ता अगाडि

काठमाडौँ - बन्दीपुरमा चिनियाँ  पर्यटकका लागि घुम्ने याम सुरु भएसँगै विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको छ ।

 गत वर्षको तुलनामा यो वर्षको भदौ यता बन्दीपुरमा चिनियाँ पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायी बैँस गुरुङले जानकारी दिए । “हप्ताको दुई र तीन दिन चिनियाँ पर्यटक करिब पाँच र छ सयका दरले आउने गरेका छन्”, उनले भने, “जर्मनी, श्रीलङ्का, ताइवानी स्पेनलगायत देशबाट दैनिक दुई सयको हाराहारीमा पर्यटक आउने गरेका छन् ।”कोरोनाको समयपछि यहाँका होटल व्यवसायले विस्तारै गति लिन थालेकाले व्यवसायी उत्साहित भएर लागेको उनले बताए । “पछिल्लो समय विदेशी पर्यटकको तुलनामा स्वदेशी पर्यटकको सङ्ख्या केही घटेको छ”, उनले भने, “दैनिक करिब तीन सयको सङ्ख्यामा स्वदेशी पर्यटक आउने गरेका छन् ।”  

४ हप्ता अगाडि

प्रतिक्रिया